यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका थोरै भू–भागमा हुस्सु कुहिरो लागेको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसोː प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
देशका अधिकांश भू÷भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ ।
