जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ
झापा । झापामा जेठाजुको हत्या आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । झापाको कन्काई नगरपालिका ४ बस्ने ५५ वर्षीय पदमलाल बास्तोलाको हत्या आरोपमा बुहारी (भाईको श्रीमती) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, भाई बुहारी ४८ वर्षीय रनमाया बास्तोलाले घाँस काट्न गएको समयमा हसियाँ प्रहार गरी हत्या गरेकी हुन् । सो घटनाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
