महेन्द्र राय यादवले आज शपथ लिने
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले आज बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको छ ।
यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन् । सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीवार शपथ गराउने कार्यक्रम राखेको थियो ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा २७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनीयताको शपथ लिए ।
