समाचार
झिनो अंकले घट्यो नेप्से परिसूचक, ७२ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुँदा सम्म २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ । यसअघि मंगलबार शेयरबजार २.२५ अंकको गिरावट आएर १८९९ को विन्दुमा कायम भएको थियो । आज नेप्सेमा...
आयोगद्वारा निर्वाचन परिणाम घोषणा
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम बुधबार घोषणा गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको निर्वाचनको परिणाम घोषणा गरेको हो । आयोगले प्रतिनिधि...
नेप्सेमा थप ९५ लाख ३५ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । राधी विद्युत कम्पनीको १४७.५२ प्रतिशत हकप्रद सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही...
दुर्घटनामा अभिभावक गुमाएका ५ बालिकालाई माइती नेपालले पढाउने
काठमाडौं । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका ५ जना बालिकालाई माइती नेपालले पढाउने भएको छ । १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवम् प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिन तयार भएको जनाइएको छ । सोमबार जाजरकोटको छेडागाड नगरपालिका–४...
हत्या गरेको अभियोगमा एक जना पक्राउ
संखुवासभा । प्रहरीले संखुवासभाको खादबारी नगरपालिका–९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खादबारी नगरपालिका–९ बस्ने ३६ वर्षीय देवेन्द्र कुमाल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो । मंसिर १९...
रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिध सभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । लामिछानेविरुद्ध सिन्धुली घर भएका युवराज सफलले सांसद पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज गर्न माग गरेका हुन् । रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी,...
धनुषा– ४ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौं । धनुषा–४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट गर्दा गरेका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए । तर, निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन्...
झारफुकको बहानामा जबरजस्ती करणी गर्ने धामी पक्राउ
कपिलवस्तु । झारफुकको बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजन रहेका छन् । प्ररहीका अनुसा्, हरिजनले यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार...
लागूऔषधसहित तामाङ पक्राउ
झापा । झापाको दमक नगरपालिका–९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित मंगलबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४५ वर्षीय तुलमाया तामाङ रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको पक्राउ गरेको हो । प्रहरीले जाँच गर्ने क्रममा...
लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको आज औपचारिक घोषणा हुँदै
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनको आज औपचारिक घोषणा हुँदैछ । प्रदेशको राजधानी दाङको देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने भएको हो । आज दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गर्ने कार्यक्रम रहेको छ । योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा...









