दुर्घटनामा परेर दुई युवकको मृत्यु

तु खबर संवाददाता
२०७९ पुष ७, बिहीबार ०९:३४

जनकपुरधाम । धनुषामा विङ्गर गाडी र मोटरसाइकल एकापसमा बुधबार साँझ ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेको प्ररहीले जनाएको छ ।

उनीहरु दुवै जना मोटरसाइकलमा सवार थिए । बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना.५ ज.८४४० नम्बरको विङ्गर गाडी र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।