यस्तो रहनेछ आजको मौसम

तु खबर संवाददाता
२०७९ पुष ७, बिहीबार ०८:०७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु लागेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने राती प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु लाग्ने र देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।