शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से सूचक ०.०१ अंकले घटेर १८६७ विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । पछिल्लो केही दिनयता शेयरबजारमा कारोबार करोडमा झर्दा आजको कारोबार भने अर्बमाथि उक्लिएको हो ।
यसअघि बुधबार नेप्से सूचक ५.८९ अंकले घटेर १८६७ विन्दु्मा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २५२ कम्पनीको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ३८ लाख १६ हजार रुपैयाँमाथिको कारोबार भएको थियो ।
