प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए शपथ

तु खबर संवाददाता
२०७९ पुष ७, बिहीबार १५:३७
file-photo

काठमाडौं । प्रतिनिधिसभामा नव निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार नवनिर्वाचित सदस्यहरूलाई जेष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ कार्यक्रममा चार जना सांसद अनुपस्थित भएका थिए । जसमा महिन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र राजकुमार राई रहेको संसद सचिवालयले जनाएको छ । उनीहरुको शपथ पछि हुनेछ ।