समाचार

हेटौंडामा आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता पुस १९ गतेबाट

मकवानपुर । हेटौंडामा आगामी पुसको तेस्रो साताबाट आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता पुस १९ गतेबाट २३ गतेसम्म प्रतियोगिता संचालन हुने भएको हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार, प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्लेक्याम्पा रंगशालामा संचालन हुनेछ...

बालिकालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

बागलुङ । फेसबुकमा चिनजान भएका ३ जना बालिकालाई जन्मदिन मनाउन भन्दै बोलाएर बलात्कारमा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १ जना १६ र २ जना १५ वर्षका बालिकालाई बलात्कार गरेर फरार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङ घर भएर पोखरा...

निर्वाचन आयोग : आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने भएको छ । गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको र आज नामावली सार्वजनिक हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएको छ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि...

बागमती प्रदेशसभाको बैठक संचालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुग्यो

मकवानपुर । बागमती प्रदेशसभाको आगामी अधिवेशन बैठक संचालन गर्नको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । बैठक संचालनको लागि प्रदेश सभाको पुरानै भवनलाई मर्मत सम्भार गर्ने काम भइरहेको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको नयाँ सभाहल निर्माण सम्पन्न नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेशसभा बैठक संचालन...

अस्ट्रेलियाको क्विन्सल्याण्डमा गोली चल्दा ६ जनाको मृत्यु

अस्ट्रेलिया । अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा सोमबार भएको गोलीकाण्डमा परेर ६ जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्डबाट २७० किलोमिटर पश्चिममा वाइअम्बिलामा हराएका व्यक्तिको खोजी गरिरहेका समयमा गोली चलाउँदा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको प्रहरीले मंगलबार जनाएको छ । सोमबार दिउँसोको लञ्चको ठीक समयपछि बेपत्ता व्यक्तिहरूको अनुसन्धानमा पुलिसलाई वाइम्बिलाको...

विश्वकप फुटबल अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच खेल हुनेछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसियाले लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा बनाएको छ । सन्...

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ७६ पैसा र बिक्री दर १३२ रूपैयाँ...

जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा सोमबार भएको बोलेरो जिप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेर दुर्घटना हुँदा एकै वडाका आठ जनासहित १२...

आज मौसम सामान्यतः सफा रहने

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहनेछ । राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी...

आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाउँदा मकवानपुरकी एक महिला घाइते

मकवानपुर । आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाउँदा मकवानपुरकी एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको राक्सिारङ गाउँपालिका वडा नम्वर ३ पलासे निवासी ३० वर्षीया रिना ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनले घरयासी विवादको कारण आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो...