नेकपा एमाले संसदीय दलको नेतामा ओली चयन

तु खबर संवाददाता
२०७९ पुष ५, मंगलवार १७:३३
file-photo

काठमाडौं । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने तयारी रहेको जनाइएको छ ।