समाचार
मानव अधिकार आयोगद्वारा बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष आईतबार राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय, हेटौंडाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख शर्मालाई आयोग प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले नेपालको संविधानको २९४ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख समक्ष दोस्रो वार्षिक...
निर्वाचन आचारसंहिता भोलिदेखि खारेज हुने
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । आयोगले आईतबार जनाएअनुसार प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गर्ने भएको हो । उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...
भारतीय आर्मी बनाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं । भारतीय आर्मी बनाइदिने भन्दै करिब डेढ करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिन तामाङ रहेका छन् । प्रहरीका अनुसार, तामाङले करिब २५ जना व्यक्तिहरुलाई इण्डियन आर्मी बनाइदिने भन्दै जनही ५ देखि ६...
राष्ट्र बैंकले १३ अर्बको ट्रेजरी बिक्री गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर २७ गते १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका कुल १३ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्न लागेको हो । आगामी मंगलबार जारी हुने ट्रेजरीको भोलि सोमबार...
मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८३९ पुग्यो
मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८३९ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ७ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८३९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि आईतबारसम्मको हो । जसमा...
हेटौंडा अस्पतालमा सिटिस्क्यान सेवा सुरु
मकवानपुर । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आईतबारबाट सिटिस्क्यान सेवा सुरु भएको छ । सिटिस्क्यानका लागि निजि क्लिनिक वा बाहिरी जिल्लामा जानुपर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित अस्पतालमा उक्त सेवाको शुभारम्भ गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए । उनका अनुसार, अस्पतालले १२८ स्लाइसको...
हेटौंडास्थित बसपार्कको तरकारी बजारलाई चौकीटोलमा सारियो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कमा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई राप्ती नदी उकास क्षेत्रमा स्थानान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले उक्त तरकारी बजारलाई हेटौंडा–१ स्थित राप्ती नदी उकास जमिनमा थोक तरकारी बजार निर्माण गरेर व्यवसायीलाई सारिएको हो । नेपाल फलफूल तथा तरकारी...
यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी, सबैभन्दा धेरै शिवम सिमेन्ट्स
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आईतबार शेयरबजारमा उच्च अंकको ग्रिावट आएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २५१ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १०...
यी हुन् राप्रपाबाट समानुपातिकतर्फका २४ सांसद (सूचीसहित)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फका २४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेको छ । जसअनुसार प्रतिनिधि सभामा पशुपति शम्शेर राणा, बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जैसवाल र अनिसा नेपालीको नाम सिफारिस भएको छ ।...
आईतबार शेयरबजारमा उच्च अंकको गिरावट
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आईतबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा सूचीकृत २५१ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १०...










