यी तीन प्रदेशको पहाडी भू–भागमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
यस्तै, राती प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
