कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म हुने निर्वाचनका लागि उम्मेदवारले दरखास्तका साथ ५१ हजार रुपैयाँ दाखिल गर्नुपर्ने निर्वाचन समितिले तय गरेको हो ।
जसअनुसार निर्वाचन प्रक्रिया पुस ४ गतेदेखि सुरु भएर मनोनयन दर्ता पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म दरखास्त दिन सकिनेछ ।
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना रहेको छ ।
