राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने

तु खबर संवाददाता
२०७९ पुष ४, सोमबार १०:३७
file-photo

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् ।

आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार, बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको हो ।