धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प धक्का महसुस

तु खबर संवाददाता
२०७९ पुष ४, सोमबार ०८:११

काठमाडौं । धादिङ केन्द्रबिन्दुर भएर आईतबार राति भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा पनि महसुस भएको थियो ।