हेटौंडामा गाडीको ठक्करबाट एक जना घाइते

तु खबर संवाददाता
२०७९ पुष ३, आईतवार १०:२७
File Photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ पिपलबोटस्थित आज बिहान गाडीले ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

आज बिहान सवा ५ बजेको सयमा नगरपालिका रोडबाट बसपार्कतर्फ जाँदै जाँदै गरेको ना १ ज ८३३७ नम्वरको फोर्स गाडीले ठक्कर दिँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४५ वर्षको जस्तो देखिने सडकपेटिमा प्लास्टिक टिपि हिड्ने पुरुष घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

घाईते उनलाई उपचारको लागी हेटौंडा अस्पताल लगिएको छ । घाइते उनको शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।