समाचार
चोलेन्द्र प्रकरणमा त्रिपक्षीय टकराव
काठमाडौं । महाभियोगका कारण निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीनबीच टकरावको अवस्था सिर्जना भएको छ । प्रतिनिधि सभाले महाभियोगबारे कुनै निर्णय गर्न नसकेर अलपत्र रहेको प्रस्तावको विषयलाई लिएर सरकार, संसद र न्यायपालिकाबीच टकराब भएको हो । जबरालाई यसअघि कामकाज गर्न रोक लगाएको पत्र निष्प्रभावी भएको संघीय संसद्का...
उधौली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्बृद्धिको शुभकामना व्यक्त गरेका छन् । उधौली पर्वका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन...
आज उधौली पर्व मनाइँदै
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत...
समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र पठाइयो
काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई पत्र पठाएइको छ । दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको आयोगका सहायक...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान प्रदेश १ का साथै देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । यस्तै, आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा...
मंसिर २९ भित्र समीक्षा रिपोर्ट पठाउन एमालेको निर्देशन
काठमाडौं । नेकपा एमालेले मंसिर २९ गतेभित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाउन ७७ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको सचिव योगेश भट्टराईले जानकारी दिए...
उँधौली पर्व पनि हाम्रा पर्वहरु मध्येको एउटा महान् चार्ड हो : प्रदेश प्रमुख शर्मा
मकवानपुर । बिहीबार देशभर मनाइँदै गरिएको किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना सन्देश व्यक्त गरेका छन् । प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै यो पर्वको सुखद् अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दाजुभाई–दिदीबहिनीहरुमा सु–स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त...
चोलेन्द्रलाई सर्वोच्चमा छिर्न नदिन सर्कुलर जारी
काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्चमा प्रवेश अनुमति नदिन सर्कुलर जारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयलाई प्रवेश अनुमति नदिन सर्कुलर जारी गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए । सर्वोच्च अदालतमा बसेको फूलकोर्ट बैठकको निर्णय र अन्य निकायसँगको समन्वयमा...
प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका ७७ महिला पराजित
काठमाडौं । आमनिर्वाचन २०७९ मा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ७७ जना महिलामध्ये सबै पराजित भएका छन् । प्रतिनिधि सभा प्रत्यक्षतर्फ स्वतन्त्र चुनाव लडेका सबै महिला पराजित भएका हुन् । प्रतिनिधि सभातर्फ देशभर राजनीतिक दल र स्वतन्त्र गरी कूल २२५ जना महिलाले उम्मेदवारी दिएका थिए । उनीहरूमध्ये...
लागूऔषधसहित १९ जना पक्राउ
काठमाडौं । गोंगबुबाट अवैध लागूऔषध ब्राउन सुगरसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरको कोठामा लागूऔषध...









