क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए पदबाट राजीनामा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक प्रभाकरले बिहीबार पदबाट राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानका अनुसार, भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागू हुने गरी राजीनामा दिएका हुन् । तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।
