हेटौंडाको सपना निर्माण सेवासहित १३ कम्पनी कालोसूचीमा
काठमाडौं । सपना निर्माण सेवा प्रा.लि हेटौंडा, मकवानपुर सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचनामा परेको छ ।
कार्यालयले उक्त निर्माण सेवासहित १३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको आज जानकारी गराएको हो ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा ९१० बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ ।
कालोसूचीमा परेका कम्पनीले उक्त अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

