पुस २ गते प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणाम प्रस्तुत गर्ने आयोगको तयारी

तु खबर संवाददाता
२०७९ मंसिर २९, बिहीबार १६:४०
file-photo

काठमाडौं । निर्वाचन आयोगले सातै प्रदेश सभाको निर्वाचन परिणाम आगामी पुस २ गते सम्बन्धित प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ ।

आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभाको निर्वाचन परिणाम प्रदेश प्रमुख समक्ष प्रस्तुत गर्न लागिको हो ।

आयोगले परिणामसहितको प्रतिवेदन सातै प्रदेशका राजधानीमा प्रदेश प्रमुखहरू समक्ष आयोगका पदाधिकारीहरूबाट प्रस्तुत गरिने कार्यक्रम रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।