लडेर एक पुरुषको मृत्यु
दैलख । दैलेखमा जन्तिघरबाट आफ्नो घर फर्किने क्रममा लडेर बिहीबार एक पुरुषको मृत्यु भएको छ । ती पुरुषको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जिल्लाको महाबु गाउँपालिका–३ बासीका ५७ वर्षीया राजबहादुर शाही रहेका छन् ।
प्रहरीका अनुसार बुधबार राति महाबु गाउँपालिका–३ बासी गाउँमा भएको विवाहबाट घरतर्फ फर्कने क्रममा सोही पालिका भित्रै पर्ने सडकबाट १५ मिटर तल खसेर मृत फेला परेका हुन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
