चिसो बढेसँगै आवश्यक सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो बढेसँगै केही रोगको प्रकोप बढ्नसक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयले प्रवक्ता डा.सञ्जय कुमार ठाकुरले चिसो मौसममा विभिन्न रोगको प्रकोप बढ्नसक्ने भएकाले दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशष सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।
‘चिसोबाट बच्न न्यानो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन, रातको समयमा सिरक, कमल जस्ता न्यानो कपडा ओड्न, घरबाहिर खुल्ला स्थानमा लामो समय नबिताउन, तातो खानेकुरा खान र तातो पानी पिउनु पर्छ,’ उनको भनाइ छ ।
उनले हिटर, आगो ताप्दा र गिजर प्रयोग गर्दा कोठाभित्र राम्रोसँग हावा आवतजात हुने व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।
साथै उनले सडेगलेको र बासी झिँगा भन्केका खानेकुराहरू नखान भन्दै उमालेको वा क्लोरिनले शुद्धीकरण गरेको पानीमात्र पिउन पनि सुझाव दिए ।
