हेटौंडामा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम
मकवानपुर । अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचका अवरोध पहिचानसम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम आजदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश कार्यालय हेटौंडाको आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश र इन्सेक मकवानपुर हेटौंडाको सहकार्यमा उक्त कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश हेटौंडाका लोकनाथ घिमिरेले उक्त कार्यक्रम गर्नुको मुख्य उद्देश्यमाथि प्रष्ट पारेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको पहुँच अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश अध्यक्ष अस्मीन लम्सालको सभाध्यक्षता भएको हो । सो क्रममा उनले प्रदेशमा रहेको सरकारी कार्यलयहरुको भौतिक संरचना परीक्षण गरिएको र प्रतिवेदन तयार भइरहेको जानकराी गराए । उनले अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच अभिवृद्धिको लागि सरोकारवाला निकायबाट प्रतिबद्धताको अपेक्षा गरिएको बताए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सचिव एवम् अधिवक्ता मुकुन्द हरि दाहालले व्यायमा पहुँचको अवस्था र न्यायमा पहुँचमा अपाङ्गता भएका व्यक्तिका लागि पहुम्चयुक्त भौपतक संरचना तथा संचार सेवा सम्बन्धीको मापण्डबारे जानकारी गराएका थिए ।
यस्तै, इन्सेक बागमती प्रदेश संयोजक गणेश प्रसाद भण्डारीले अपाङ्गता भएक व्यक्तिको अन्तराष्ट्रिय महासन्धीको धाराहरुको बारेमा प्रष्ट पारेका थिए ।

यस्तै, कार्यक्रममा सहभागी मानव अधिकारकर्मी एवम् स्वाधीन खबर पत्रिका सिन्धुलीका प्रधान सम्पादक रुद्रबहादुर खड्काले अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा सेवा पुयाएउनका लागि मर्यादिन व्यवहार तथा विविधताको सम्मानले न्याय सम्पादकका विधिहरुलाई समावेशी बनाउन उक्त कार्यक्रमले सहयोग गर्ने उद्देश्य लिएको बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रदेशको विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागीता रहेका छन् ।
