प्रधानमन्त्री समक्ष निर्वाचनको प्रतिवेदन पेस

तु खबर संवाददाता
२०७९ मंसिर २९, बिहीबार १८:२९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन आज प्रधानमन्त्रीलाई बुझाएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए ।

यस्तै, आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएका थिए ।