मापसे गरी कुटपिट गर्दा श्रीमानको मृत्यु, श्रीमती पक्राउ
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा बुधबार साँझ श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, ३६ वर्षीय श्रीमती सुशीला बिकले मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदाँ ढुङ्गाले प्रहार गर्दा नेपालीको मृत्यु भएको हो ।
ढुङ्गा प्रहारबाट गम्भिर घाईते भएका नेपालीको जिपी कोइराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्र, तनहुँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सुशीला बिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
