समाचार

समानुपातिक तर्फ कमल थापाको राप्रपा नेपाललाई साढे २१ हजार मत

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभातर्फ प्रत्यक्षको मतगणना भने सम्पन्न भइसकेको छ । अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको हो । पछिल्लो मत परिणाम अनुसार, कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा समानुपातिकतर्फ २१...

मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८२९ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८२९ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८२९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि मंगलबारसम्मको हो । जसमा...

मंगलबार झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज सामान्य अंकले घट्न पुगेको हो । आज नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २४.४६...

स्वास्थ्य मन्त्रालयमा बढुवाका लागि २१ जनाद्वारा आवेदन दर्ता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खाली रहेको १२ औं तहमा (अतिरिक्त सचिव) बढुवाका लागि २१ जनाले आवेदन परेको छ । मन्त्रालयले गत कात्तिक ३० गते १२ औँ तहमा बढुवाका लागि आवेदन माग गरेअनुसार योग्यता पुगेका २१ जनाले आवेदन गर्दा गराएका हुन् । मन्त्रालयमा डा. गुणराज लोहनी र डा.श्यामसुन्दर...

सुपर मादी हाइड्रोपावरको आईपीओ खुल्ला

काठमाडौं । सुपर मादी हाइड्रोपावरले मंगलबारदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले योजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको १५ प्रतिशत हुन आउने अर्थात ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता निष्काशन गर्न लागे हो ।...

देशभर कोरोना संक्रमितको संख्या ओरालो लाग्ने क्रममा

काठमाडौं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९२३ जनाको नमुना परीक्षण गर्दा मात्र १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १४ जना संक्रमणमुक्त भएका...

तीन नम्वर पुलबाट ट्रक खस्दा राईको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्वर पुलबाट आज बिहान ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा ट्रक चालक धादिङ घर भई मौवा खोला...

कैलाशका स्वास्थ्य स्वयंसेविकालाई झोला, टर्च र छाता हस्तान्तरण

मकवानपुर । कैलाश गाउँपालिकाले ४२ जना स्वास्थ्य स्वयंसेविकालाई झोला, टर्च र छाता उपलब्ध गराएको छ । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा कैलाश गाउँपालिका स्वास्थ्य शाखाले पालिकामा कार्यरत सबै स्वास्थ्य स्वयंसेविकालाई झोला, टर्च र छाता उपलब्ध गराएको हो । उक्त सामग्रिहरु गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष...

हेटौंडामा संचालनमा आयो ह्वाईट फ्रोजन मो.मो.

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ह्वाईट फ्रोजन मो.मो.संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित लामसुरे दिव्यपथ मकवानपुरमा आधुनिक प्रविधिको मेसिनबाट उत्पादित भेज, चिकेन तथा बफ मो.मो. बिक्री–वितरण सुरु गरिएको हो । उक्त पसल स्थानीय पार्वती घिमिरेले संचालनमा ल्याएकी हुन् । अन्दाजी ३५ लाख रुपैयाँ बराबरको...

स्वयम्सेविका दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

मकवानपुर । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा नागश्वतीकी स्वास्थ्य स्वयम्सेविका रेखा मैनाली प्रथम भएकी छन् । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा सोमबार आयोजित वक्तृत्वकला प्रतियोगितामा मैनाली प्रथम भएकी हुन् । हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाहलमा ‘महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो...