लागूऔषधसहित तामाङ पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २८, बुधबार १०:२७
सांकेतिक तस्बिर

झापा । झापाको दमक नगरपालिका–९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित मंगलबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४५ वर्षीय तुलमाया तामाङ रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको पक्राउ गरेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।