झारफुकको बहानामा जबरजस्ती करणी गर्ने धामी पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २८, बुधबार १०:३६

कपिलवस्तु । झारफुकको बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजन रहेका छन् ।

प्ररहीका अनुसा्, हरिजनले यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार भएका थिए । पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठीक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।