यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । आज साताको दोस्रो दिन शेय रबजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६.९७ अंकले बढेर १९०२ विन्दुमा कायम भएको छ ।
शेयरबजार बढेसँगै आज कारोबार एक अर्ब ३६ करोड रुपैयाँ माथिको भएको छ । सर्वाधिक नबिल बैंकको २१ करोड ३२ लाख ४१ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा क्रमशः नबिल बैंक, कुमारी बैंक, शिवम् सिमेन्ट्स, आशा लघुवित्त र हिमालयन डिष्टिलरीलगयात रहेका छन् ।

