विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउन नेविसंघको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले त्रिविको ४८ औं दीक्षान्त समारोहमा वितरण गरेको सेमेष्टर प्रणालीतर्फको शैक्षिक प्रमाणपत्रमा त्रुटि भएको भन्दै नेपाल विद्यार्थी संघले सच्याउन माग गरेको छ ।
नेविसंघले विज्ञप्ति जारी गर्दै सेमेष्टर प्रणाली अन्तर्गत उत्तीर्ण गरेका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र, लब्धांक पत्र र चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको ग्रेडिङ मार्क्समा समेत त्रुटि भएको पाइएको जनाएको छ ।
डेभियसन सिस्टमलाई पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको स्पेसलाईजेसन विषयको उल्लेख नगरी सबै भनी उल्लेख गरिएको विद्यार्थीले गुनासो गरेको नेविसंघले विज्ञप्तीमा उल्लेख गरिएको छ ।