बालुवाटारबाट नेविसंघका एक दर्जन नेता पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ११, सोमबार १६:१५
सांकेतिक तस्बिर

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले बढाएको शुल्क वृद्धिविरुद्ध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का एक दर्जन नेताहरु पक्राउ परेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन गर्न गएका नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको टोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्ल, विजय महतो, नेविसंघ काठमाडौंका अध्यक्ष अन्सुल केसी, ललितपुर अध्यक्ष सरोज घोरासैनी, नेताहरु राजेन्द्र चटौत सौगात फुयाल सलन केसी लगायत रहेका छन् ।

शुल्क वृद्धि फिर्ता लिन माग राखेर नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा बसेका छन् । पछिल्लो दिनमा चापागाईँको जीवन रक्षा र शुल्य वृद्धि फिर्ताको माग गर्दै नेविसंघ प्रदर्शनमा उत्रिएका छन् ।