आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाउँदा मकवानपुरकी एक महिला घाइते
मकवानपुर । आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाउँदा मकवानपुरकी एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको राक्सिारङ गाउँपालिका वडा नम्वर ३ पलासे निवासी ३० वर्षीया रिना ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उनले घरयासी विवादको कारण आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएकी हुन् । आगो लगाएर गम्भिर घाईते भएकी उनलाई उपचारको लागि चितवन पठाइएको थियो । उनको चितवनमा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा लागिएको छ ।
