धादिङको मूलपानीमा वृद्ध दम्पती मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ मंसिर २६, सोमबार १६:१९
सांकेतिक तस्वीर

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आले मगर र निरमाया आले मगर आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जस्ता र काठको कच्ची घरमा बस्दै आएका उनीहरूलाई आज बिहान ८ बजको समयमा मृत्त अवस्थामा फेला परेका हुन् ।

मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौंमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।