राष्ट्र बैंकले १३ अर्बको ट्रेजरी बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर २७ गते १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका कुल १३ अर्ब रुपैयाँको ट्रेजरी बिक्री गर्न लागेको हो ।
आगामी मंगलबार जारी हुने ट्रेजरीको भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यसअघि राष्ट्र बैंकले मंसिर १९ गते ९ अर्ब ९३ करोड रूपैयाँको ट्रेजरी जारी गरेको थियो ।