निर्वाचन आचारसंहिता भोलिदेखि खारेज हुने
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ ।
आयोगले आईतबार जनाएअनुसार प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज गर्ने भएको हो ।
उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले जनाएको छ ।
