लागूऔषधसहित दुई भारतीय नागरिक प्रहरीको फन्दामा
कैलाली । कैलाली प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समीर सिंह र ५३ वर्षीय शेर सिंह रहेका छन् ।
उनीहरुलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, जलागूऔषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जनाइएको छ ।
