भारतीय आर्मी बनाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २५, आईतवार १७:४६
सांकेतिक तस्बिर

काठमाडौं । भारतीय आर्मी बनाइदिने भन्दै करिब डेढ करोड रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिन तामाङ रहेका छन् ।

प्रहरीका अनुसार, तामाङले करिब २५ जना व्यक्तिहरुलाई इण्डियन आर्मी बनाइदिने भन्दै जनही ५ देखि ६ लाख उठाएको आरोप लागेको छ ।

उक्त रूपैयाँ ठगी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।