समाचार
बाजुरामा कांग्रेसका बद्री पाण्डे अगाडि
बाजुरा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै राखेका छ । कांग्रेस उम्मेदवार पाण्डे एमाले उम्मेदवार कर्णबहादुर थापाभन्दा ३ हजार ७७८ मतान्तरले अगाडि रहेका छन् । पाण्डेले २६ हजार ९ सय ८६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी थापाले २३ हजार २०८ मत प्राप्त गरे ।...
दोलखामा कार्कीलाई पछि पार्दै शिवाकोटीले लिए अग्रता
दोलखा । दोलखामा जारी मतगणनामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । माओवादीका गङ्गा कार्कीलाई पछि पार्दै शिवाकोटीले अग्रता लिएका हुन् । हालसम्म ३६ हजार ३३६ मत गन्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत गरेका छन् भने उनका प्रतिस्पधी माओवादीका कार्कीले १४ हजार ७११ मत प्राप्त गरेका छन्...
शिक्षक संघ मकवानपुरको अधिबेशन माघमा हुने
मकवानपुर । नेपाल शिक्षक संघ मकवानपुरको ९ औं जिल्ला अधिबेशन यही माघमा हुने भएको छ । शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा बसेको बैठकले संघ मकवानपुरको अधिबेशन यही माघ ६ र ७ गते हेटौंडामा गर्ने निर्णय भएको संघका हेटौंडा नगर सचिव श्रीराम लुइँटेलले जानकारी दिएका छन् । शिक्षक...
कम्युटर एशोसियसन नेपाल महासंघ मकवानपुरको साधारणसभा सम्पन्न
मकवानपुर । कम्युटर एशोसियसन नेपाल महासंघ (क्यान) मकवानपुरको १६ औं वार्षिक साधरणसभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रम क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर लामाले हेटौंडालाई सूचना प्रविधिमैत्री...
दुर्घटनामा परेर जिप चालकको मृत्यु
काठमाडौं । रोल्पामा शनिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–५ भैसिकुटीस्थित सडकमा वाझवाङबाट किमिचौर बजारतर्फ जाँदै गरेको लु १ च ५४६४ नम्वरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खोलामा खसेर हुँदा हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ...
सातामा १३ सयले बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार प्रतितोला ९७ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको भाउ यो साताको शुक्रबारसम्म आइपुग्दा ९९ हजार ११ रूपैयाँ पुगेको...
जुवातास खेलिरहेका १६ जना प्रहरीको फन्दामा
काठमाडौं । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–३ बस्ने ४१ वर्षीय भुवनलाल श्रेष्ठसहित १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले...
नेकपाका महासचिव विप्लवलाई मातृशोक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मातृशोक परेको छ । महासचिव चन्दकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको नेकपाले जनाएको छ । सो पार्टीले स्वर्गीय आशिकादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु
चीन । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार, आगोलागीमा परेर पाँच जनाको मृत्यु भएको हो । उनीहरुको उद्धारपछि दुर्घटनास्थलमा फसेका ७ जनालाई अस्पताल लगिएकोमा पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो ।...
समानुपातिकतर्फ एमालेको अग्रता
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ । पछिल्लो मत परिणाम अनुसार, उक्त मत गणना हुँदा नेकपा एमालेले अग्रता कायमै राखेका छन् । नेकपा एमालेले २७ लाख ८३...










