मकवानपुरमा गाडिएको अवस्थामा महिलाको शव फेला

तु खबर संवाददाता
२०७९ मंसिर २५, आईतवार १५:३९
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ सिस्नेरीमा गाडिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।

उक्त शव स्थानीय ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाईबाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीमा कार्यरत प्रहरी निरीक्षक प्रतिमा कार्कीले तु खबरलाई जानकारी दिइन् ।

उनका अनुसार, मृतक वाईबाको शव शनिबार साँझ टाउँको र शरिरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको भनि सूचना आएपछि आइतबार बिहान प्रहरीको टोली घटना स्थलमा पुगेको थियो ।

हाल घटनास्थलमा तालिम प्राप्त कुकरसहित इलाका प्रहरी कार्यालय भीमफेदीको टोली, इन्द्रसरोव प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अनुसन्धान गरिरहेको छ ।

ती महिलाको कसैले हत्या गरेको हुनुसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धान भएपनि यद्यपी घटनाबारे पुष्टि नभएको उनले बताइन् ।