यस्तो छ आजको मौसम पूर्वानुमान

तु खबर संवाददाता
२०७९ मंसिर २५, आईतवार ०८:१२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । यद्यपि आज बिहान देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर मौसम सामान्यतः सफा रहनेछ भने राती लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ ।

तराईका केही भू–भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।