स्कुटीको ठक्करबाट श्रेष्ठको मृत्यु

तु खबर संवाददाता
२०७९ मंसिर २४, शनिबार १५:३१
File Photo

भक्तपुर । भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौंको मूलपानीबाट बोडेतर्फ आउँदै गरेको बा ७६ प ९०३५ नम्वरको स्कुटीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने ४४ वर्षीय सन्तबहादुर श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार, स्कुटरको ठक्कबार श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि नजिकैको मध्यपुर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि नर्भिक अस्पताल रिफर गरिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका वडा नं ७ घर भई हाल काठमाडौं बौद्ध बस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइएको जनाएको छ । स्कुटी र उनी हाल मध्यपुरको प्रहरी वृत्त ठिमीको नियन्त्रणमा छन् ।