सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना गरिने

तु खबर संवाददाता
२०७९ मंसिर २३,शुक्रबार १६:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सुपरिवेक्षणका लागि छुट्टै महाशाखा स्थापना गर्ने भएको छ ।

बैंकले आगामी पुस १ गतेदेखि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न महाशाखाको स्थापना गर्ने भएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा (मनी लौन्डिङ प्रिभेन्सन सुपरिभिजन डिभिजन) स्थापना गर्ने निर्णय भएको जानकारी गराएको हो ।

यसै महाशाखाले अब सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा भए गरेका तथा सम्भावित वित्तीय लगानीको अध्ययन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ ।