आजको मौसम : तराईमा हुस्सु र पहाडमा चिसो बढ्ने

तु खबर संवाददाता
२०७९ मंसिर २३, शुक्रबार ०७:५०
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । आज बिहान देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतः सफा रहनेछ ।