किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ
सुनसरी । १६ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–९ का ३० वर्षीय तजमुल ईस्लाम मिया रहेको प्रहरीले जनाएको छ ।
उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।
उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
