दुर्घटनाबाट देशभरका २८८३ जनाको ज्यान गयो
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनाबाट देशभर २ हजार ८८३ जनाको ज्यान गएको छ । गत वर्ष २४ हजार ५३८ वटा सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।
आयोगका अनुसार, उक्त दुर्घटनामा परी ७ हजार २८२ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण पुराना सवारी साधनको प्रयोग, सवारी साधनको भार बहन क्षमताभन्दा बढी यात्रु आदि रहेका आयोगले उल्लेख गरेको छ ।
दुर्घटनाका अन्य कारणहरूमा कमजोर र गुणस्तरहीन सडक, बिना मापदण्ड सडक निर्माण, चालकको लापरबाही, जनचेतनाको कमी लगायतले दुर्घटना बढिरहेको प्रतिवेदनमा उल्लेख छ ।
