दुर्घटनामा परेर दुई जनाको मृत्यु
वीरगञ्ज । सर्लाहीमा छुट्टाछुट्टै घटना दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । घरको बरण्डाबाट लडेर र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको हो ।
मंगलबार राति साढे ८ बजे बरण्डाबाट खसेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–. ४ वीरेन्द्र बजार बस्ने ५० वर्षीय भरतलाल लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, लालबन्दी नगरपालिका–१ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका लामा तीन तल्ले घरको बरण्डाबाट खसेका थिए । बरण्डामा बस्ने क्रममा खसेर भरतलाल घाइते भएका थिए ।
उनको सर्लाहीकै हरिवनस्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएके छ ।
यस्तै, सर्लाहीमै पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ । सर्लाही ब्रहमपुरी गाउँपालिका– ६ नौकिलवा बस्ने देवशरण रायको छोरी १० वर्षीया उषा कुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार बिहान १० बजेदेखि उषा घरबाट हराएकी थिइन् । उनको आमाले खोजतलासको क्रममा घरदेखि ४ सय मिटर पूर्व रत्नेश्वर रायको पोखरीमा डुबेर मरेको अवस्थामा साँझ साढे ५ बजेतिर फेला पारेकी थिइन् ।
दुबै घटनाबारे प्रारम्भिक अनुसन्धान गरी दुवै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जनाइएको छ ।
