एमाले केन्द्रीय कार्यालय बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ मंसिर २१, बुधबार १०:०७
file-photo

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्दैछ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ ।

मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो । बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ ।