मंगलबार झिनो अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ मंसिर २०,मंगलवार १५:४८

काठमाडौं । आज साताको शेयर कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक आज सामान्य अंकले घट्न पुगेको हो ।

आज नेप्से परिसूचक ४.८७ अंकले घटेरे इन्डेक्स १९३३ मा कायम भएको छ । यसअघि सोमबार नेप्से परिसूचक २४.४६ अंकले घटेर इन्डेक्स १९३८ विन्दुमा कायम भएको थियो ।

नेप्सेमा सूचीकृत २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्सेमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।