तीन नम्वर पुलबाट ट्रक खस्दा राईको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्वर पुलबाट आज बिहान ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राई रहेका छन् । दुर्घटनामा परेर राईको घटनास्थलमा मृत्यु भएको हो । मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने जनाइएको छ ।