स्वयम्सेविका दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता

तु खबर संवाददाता
२०७९ मंसिर २०,मंगलवार ०९:३६

मकवानपुर । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा नागश्वतीकी स्वास्थ्य स्वयम्सेविका रेखा मैनाली प्रथम भएकी छन् ।

१९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा सोमबार आयोजित वक्तृत्वकला प्रतियोगितामा मैनाली प्रथम भएकी हुन् ।

हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभाहलमा ‘महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो प्रतिवद्धता’ विषयक वक्तृत्वकला प्रतियोगितामा मैनाली प्रथम भएकी हुन् ।

यस्तै प्रतियोगितामा वनस्खण्डीकी स्वास्थ्य स्वयम्सेविका मिना पराजुली द्वितीय, हटिया स्वास्थ्य स्वयम्सेविका यशोदा थापा तृतीय र लामसुरेकी स्वास्थ्य स्वयम्सेविका सञ्चिता भट्राई सान्त्वना भएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कृत वितरण गरिएको थियो । प्रतियोगितामा १९ वटै वडाका महिला स्वास्थ्य स्वयम्सेविकाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा घनश्याम घिमिरे, भैरव बहादुर कुमाल, तोयानाथ ढुंगेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रम उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाका नर्सिङ संयोजक मुना थापाको सभाध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको प्रमुख आतिथ्यमा भएको थियो ।